• द. नं:३५२/०५५/०५६
  • पान. नं : ३०३२११५०५
  • +०४८-५४०३८० , +०४८-५४०६८०

औद्योगिक ऋण तथा व्यापारीक ऋण

औद्योगिक ऋण तथा व्यापारीक ऋण

Interest Rate: 12%

Features

सदस्यहरुको औद्योगिक व्यवसायको लागि रु ३ लाख भन्दा बढिको पूँजीबाट प्लास्टिक, फर्निचर, पस्मिना, कपडा, ग्रील, गार्मेन्ट, गलैँचा, कापी उद्योग, छापाखाना, ईटा उद्योग, क्रसर उद्योग, बेकरी,जुत्ता तथा चप्पल, मसला, हस्तकला, बिस्कुट आदि क्षेत्रमा लागानी गरिने ऋणलाई औद्योगीक ऋण भनिन्छ । १ यस प्रकारको ऋणको अवधि अधिकतम बढिमा ५ वर्षको हुनेछ । २ ग्रेस समय उल्लेखित सम्पूर्ण ऋणहरुमा अधिकतम ६ महिनासम्मको ग्रेस समय प्रदान गर्न सकिनेछ । तर ग्रेस समयको अवधिभर किस्तावन्दी तालिकामा उल्लेखित समय अनुसार ब्याज भुक्तानी गर्नुपर्नेछ । ३ ब्याजदर यस शिर्षकमा ब्याजदर सञ्चालक समितिले समय समयमा तोके बमोजिम हुनेछ । ऋण प्रवाह तरिका ः यस प्रकारको ऋणका लागि संस्था र ऋणीको आपसी सहमतीमा कम्तीमा २ किस्तामा लगानी गरिनेछ । ४ भुक्तानी तरिका क) ऋणको भुक्तानी अनिवार्य किस्तावन्दी रुपमा गर्नुपर्नेछ । परियोजना र ऋणीको आम्दानीका विश्लेषण गरी आपसी सहमतीको आधारमा मासिक वा त्रैमासिक किस्तावन्दी लागू गरिनेछ । तर मासिक किस्ताबन्दीको ब्याजदर त्रैमासिक किस्ताबन्दीको भन्दा १ प्रतिशत कम हुनेछ । तर कार्यशिल र रु ५ लाखभन्दा बढिको ऋणको हकमा भने स्वीकृत सीमा भित्र ऋणीले ऋण तिर्न र पुनः लिन सक्नेछ । पुनः ऋण लिदा एक पटकमा कम्तीमा रु ५० हजार लिनु पर्नेछ ।